होवे एण्ड को सोलिसिर्टसले बेलायती सरकारले बेलायती सैनिक सेवामा सेवा पुर्याएका गोरखा समुदायलाई आवासीय अधिकारबाट बञ्चित गराउँदै आएको र उनीहरुमाथि गरिएको ऐतिहासिक अन्याय विरुद्धको कानूनी लडाइँमा अग्रस्थानमा रही निरन्तर प्रतिनिधित्व गर्दै आएको छ । होवे एण्ड कोले आफ्नो नेतृत्वमा गोरखा न्यायीक अभियानद्वारा (बहुप्रतिष्ठित अभिनेत्री जोअना लूम्लेको साथमा) अवकाश प्राप्त गोरखा सैनिकहरुलाई आवसीय अधिकार दिलाउन उल्लेखनीय सफलता हासिल गर्यो ।
पहिलो चरण अन्तर्गत लिम्बू र अन्य वि. बेलायती सरकार (२००८) को फैसलाले ऐतिहासिक अन्यायलाई पहिचान गर्दै न्यायीक आधार खडा गरिदियो ।
अर्काे फैसलामा घिसिङ (२०१२) मार्फत युकेयुटी १६० (आइएसी) उच्च अदालतमा ऐतिहासिक अन्याययको मुद्दाहरुलाई थप जोड प्रदान गर्यो जसबाट गोरखालीका वयस्क सन्तानहरु समेत लाभान्वित हुन पुगे । त्यसै अनुरुप हालै प्राप्त भएको फैसला राई वि. इसीओ (२०१७) पनि उल्लेखनीय रहेको छ । गोरखा मुद्दाहरुका अपडेटका लागि हेर्नुहोसर हाम्रो नयाँ पेज ।